२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गरिने

हुम्ला, मंसिर २८ स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको अस्पतालले महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क चेकजाँच र औषधिको व्यवस्था गरेको छ । स्वयंसेविकाका रुपमा समुदायमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गर्दै आएकी स्वास्थ्य स्वयंसेविकालाई काम गर्न हौसला प्रदान गर्न यो व्यवस्था गरिएको हो ।

जिल्लाभरका महिला स्वास्थ्य स्वयंसेविकालाई अस्पतालमा उपचार गर्न आउँदा निःशुल्क व्यवस्था गरिएको कार्यालय प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए । अस्पताल सिमकोट गाउँपालिकाको क्षेत्रभित्र पर्छ । सिमकोट गाउँपालिकाका आठ वटै वडाका सबै बस्तीमा गरी ४५ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गर्दै आएका छन् ।
सिमकोट गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका मात्र नभएर उपचारका लागि अस्पताल आउने जिल्लाभर सेविकाहरूको चेकजाँच र औषधि निःशुल्क रूपमा गर्ने व्यवस्था गरिएको छ । अब महिला स्वास्थ्य स्वयंसेविकाको चेकजाँच, ल्याब परीक्षण, औषधि सबै निःशुल्क रुपमा गरिनेछ ।

त्यसका लागि लाग्ने खर्च अस्पताल विकास समितिबाट ब्यहोरिनेछ । न्यून पारिश्रमिकले गाउँ बस्तीमा स्वयंसेवीको रुपमा स्वास्थ्यकर्मीलाई सहयोग गर्दै आएकी महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न हौसला प्रदान गर्न यो व्यवस्था गरिएको होे ।

यसअघि पटक–पटक स्वास्थ्य स्वयंसेविकाले आफू बिरामी हँुदा निःशुल्क उपचारको ब्यवस्था गर्न माग गर्दै आएका थिए । धेरै अगाडिदेखिको आफूहरूको माग अहिले आएर पूरा भएको महिला स्वास्थ्य स्वयंसेविका धौरी सुनारले बताइन् ।

जिल्ला अस्पतालले यो काम निकै स्वागतयोग्य गरेको भन्दै यसलाई दिगो रुपमा ब्यवस्था गर्न उनले अस्पतालसँग आग्रह गरिन् । जिल्लाभर २४३ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।