२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ

नेपालगञ्ज ,मंसिर २९  नेपालगञ्जको त्रिभुवन चोकबाट प्रहरीले स्रोत नखुलेको लाखौं भारतीय र नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सुनिलकुमार बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले बानियाँको साथबाट भारतीय रुपैयाँ ३ लाख ७२ हजार ७ सय र नेपाली रुपैयाँ १ लाख फेला पारेको हो। बरामद रकममा भारतीय ५ सयका ६४५ थान, १ सयका ५०२ थान तथा नेपाली १ हजारका १ सय थान नोट रहेका छन् ।

त्रिभुवन चोकस्थित कुमार जनरल स्टोरका सञ्चालकसमेत रहेका बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्दै आएको सूचनापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

बरामद रकम र पक्राउ परेका बानियाँलाई आवश्यक अनुसन्धानका लागि आजै राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नेपालगञ्जको त्रिभुवन चोकबाट प्रहरीले स्रोत नखुलेको लाखौं भारतीय र नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सुनिलकुमार बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले बानियाँको साथबाट भारतीय रुपैयाँ ३ लाख ७२ हजार ७ सय र नेपाली रुपैयाँ १ लाख फेला पारेको हो। बरामद रकममा भारतीय ५ सयका ६४५ थान, १ सयका ५०२ थान तथा नेपाली १ हजारका १ सय थान नोट रहेका छन् ।

त्रिभुवन चोकस्थित कुमार जनरल स्टोरका सञ्चालकसमेत रहेका बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्दै आएको सूचनापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

बरामद रकम र पक्राउ परेका बानियाँलाई आवश्यक अनुसन्धानका लागि आजै राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।