२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

कोहलपुर महोत्सव आजदेखि

कोहलुर, पुस ९

‘कोहलपुर महोत्सवः दिगो विकासको उत्सव’ भन्ने मूल नारासहित कोहलपुरमा आजदेखि महोत्सव सुरु हुँदैछ । आजदेखि सुरु हुने कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी कोहलपुर महोत्सव–२०८२ १८ गतेसम्म कोहलपुर न्युरोडस्थित खुला मैदानमा आयोजना हुनेछ ।

महोत्सवलाई यस क्षेत्रकै ठूलो व्यापारिक, सांस्कृतिक र पर्यटन आकर्षणका रूपमा लिइएको छ । २०६५ सालदेखि निरन्तर रुपमा हुँदै आएको यो महोत्सवले कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानमा महत्त्वपूर्ण योगदान दिँदै आएको आयोजक संघले जनाएको छ । यस वर्षको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष तथा उद्योगी व्यवसायी चन्द्र प्रसाद ढकालले गर्ने तय गरिएको छ ।

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका उद्योग–व्यवसाय, हस्तकला, कृषि तथा पशुपालनसम्बन्धी उत्पादन, शैक्षिक तथा वैज्ञानिक प्रदर्शनी, सूचना–सञ्चार प्रविधिका नवीन सामग्रीहरू प्रस्तुत गरिने छन् । साथै लोक–साँस्कृतिक कार्यक्रम, नयाँ प्रतिभा खोजी प्रतियोगिता तथा महिला लक्षित विशेष कार्यक्रम समेत समावेश गरिएका छन् । कार्यक्रमलाई अझ आकर्षक र सहभागीमूलक बनाउन यस वर्षका गतिविधि विविध र अनुभवमूलक बनाइएको आयोजकहरूले बताएका छन् ।

महोत्सव सुरक्षित र प्रभावकारी बनाउन स्थानीय सरकार, प्रहरी तथा सुरक्षा निकाय, स्वास्थ्य संस्था लगायत सरोकारवालासँग सघन समन्वय भइरहेको प्रेस संयोजक निर्मल आचार्यले जानकारी दिए । उनका अनुसार सबै प्रशासनिक तथा प्राविधिक तयारी तीव्र गतिमा अघि बढाइएको छ ।

आयोजक संघको विश्वास छ, महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, नयाँ प्रविधिको प्रचार–प्रसार, कला–संस्कृति संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउनेछ । साथै कोहलपुरलाई प्रदेशस्तरमै प्रमुख व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो संस्करणलाई व्यवस्थित, समावेशी र व्यवसायमैत्री बनाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।