२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

प्रतिनिधिसभा निर्वाचन–२०८२ एमालेबाट पाँचजनाको नाम सिफारिस

निर्वाचन क्षेत्र नम्बर १ र ३ बाट एक/एकजनाको नाम सिफारिस भए पनि निर्वाचन क्षेत्र नम्बर २ बाट तीनजनाको नाम सिफारिस भएको छ ।

नेपालगन्ज, पुस २०  फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले बाँकेले तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीका नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र ३ बाट एक/एकजनाको नाम सिफारिस भए पनि निर्वाचन क्षेत्र नम्बर २ बाट तीनजनाको नाम सिफारिस भएको छ ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालको नाम पुनः सिफारिस भएको छ । शनिबार क्षेत्र नम्बर १ कमिटीको छैठौं बैठकबाट उम्मेदवारका लागि उनको नाम एकलरुपमा सिफारिस भएको छ ।

यसभन्दा अघिको निर्वाचनमा पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई पराजित गर्दै निर्वाचित भएका थिए । ढकाल २५ हजार २६ मत पाउँदा गहतराजले १९ हजार ६ सय ३२ मत ल्याएका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष निरक गुरुङ, नेता कृष्णप्रसाद श्रेष्ठ र अछरी पोख्रेलको नाम सिफारिस भएको छ । श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन भने पोख्रेल पत्रकार हुन् ।
त्यस्तै बाँके ३ मा एमालेबाट पूर्व मन्त्री दलबहादुर सुनारको नाम एकल सिफारिस भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।