२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

गणेश माविमा अभिभावक संघ गठन

राप्तीसोनारी, पुस २३  राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा अवस्थित गणेश माध्यमिक विद्यालयको प्रांगणमा अभिभावक भेला सम्पन्न भएको छ । भेलाबाट शिक्षक–अभिभावक संघका नवनिर्वाचित पदाधिकारीहरू चयन भएका छन् ।कार्यक्रमका बीच सम्पन्न निर्वाचनबाट रामसिंह ओली अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा मनिषा ओली, खिमा वली, जानकी कुमारी थापा, प्यारी थापा, अन्जु थारु, पार्वती बिष्ट, हेमराज खड्का र थुमनी खत्री निर्वाचित भएका छन् ।

अभिभावक भेलामा विद्यालयको शैक्षिक अवस्था, पठन–पाठनको गुणस्तर, विद्यार्थी अनुशासन, भौतिक पूर्वाधार तथा अभिभावक–विद्यालय सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो । अभिभावकहरूले विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच निरन्तर समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रामसिंह ओलीले विद्यालयको शैक्षिक उन्नयन, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा अनुशासित वातावरण निर्माणका लागि संघ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अभिभावकको सुझाव र सहयोग बिना विद्यालयको विकास सम्भव नहुने उल्लेख गर्दै सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरे ।

विद्यालय प्रशासनले नवनिर्वाचित शिक्षक–अभिभावक संघका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । साथै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अतिरिक्त क्रियाकलापको विस्तार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा संघको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।

अभिभावक भेलाबाट गठन भएको शिक्षक–अभिभावक संघले विद्यालय र समुदायबीच सेतुको काम गर्दै शैक्षिक सुधारमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।