२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

समानुपातिक सूचीमा विवाद, तीन उम्मेदवारविरुद्ध आयोगमा उजुरी

बाँके, माघ ११ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेको समानुपातिक सूचीमा रहेका चन्देश्वर मण्डल, नेपाली कम्युनिस्ट पार्टीको सूचीमा रहेका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का समानुपातिक उम्मेदवार कुमार बहादुर थापाविरुद्ध उजुरी परेको हो ।

उजुरीमा चन्देश्वर मण्डल आदिवासी समुदायको व्यक्ति हुँदाहुँदै मधेसी क्लस्टरमा उम्मेदवारी दिइएको भन्दै आपत्ति जनाइएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका जीवन लामाविरुद्ध अपांगता नभएको व्यक्तिलाई अपांगता क्लस्टरमा समावेश गरिएको भन्ने आरोप लगाइएको छ ।

यसैगरी, राप्रपाका उम्मेदवार कुमार बहादुर थापाविरुद्ध उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेर हाल विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको हो ।

निर्वाचन आयोगले उजुरी परेका उम्मेदवार तथा सम्बन्धित पक्षलाई आवश्यक सबुत प्रमाणसहित माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । तोकिएको समयमा उपस्थित नभए कानुनबमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।