२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

पूर्वाधार बन्याे अब सेवा सुधार गर्दै भेरी अस्पताललाई पश्चिमकाे भराेसाकाे केन्द्र बनाउँछु – इस्तियाक राई

नेपालगन्ज ,फागुन १०   देशकै जेठाे अस्पताल बीर अस्पतालसंगै स्थापना भएको नेपालगन्जकाे भेरी अस्पतालकाे पूर्वाधारले फड्काे मारेकाे छ । त्यसकाे श्रेय मोहम्मद ईस्तियाक राईलाई जान्छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको बेला राईले बजेटकाे सुनिश्चिततासंगै २०७९ मा अस्पतालकाे नयाँ भवन शिलान्यास गरेका थिए ।

निर्माणकाे काम सम्पन्न भई उपचार समेत शुरु भईसकेकाे छ । जिर्ण भवनबाट अत्याधुनिक भवनमा अस्पतालले सेेवा दिईरहेकाे छ । अस्पतालसंंगै निर्माण भएको क्षेत्रीय रक्तसंचार केन्द्र नयाँ बन्नुमा राईकै याेगदान छ ।

साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको करिब ३० लाख गरि जम्मा ६९ लाख जनसंख्याको प्रमुख आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेपालगञ्ज स्थीत भेरी अस्पताल बि.सं.१९४७  मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रशूती गृह नामाकरण भई बि.सं.२०२१ सम्म चलेको र त्यस पश्चात बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको थियाे ।

देेशकै पुरानाे याे अस्पतालले पश्चिमका नागरिकको भराेसाे हाे । जसलाई पूर्वाधारसंगै जनशक्ति थपेर भब्य बनाउनुपर्ने आवश्यकता खड्किएको छ । यसै ईस्तियाक राईले चुनावी मुद्दा  बनाएका छन् । बाँके-२ मा नेकपा एमालेका उम्मेदवार रहेका राईले स्पष्टरुपमा भनेका छन्,-‘पूर्वाधार बन्याे अब सेवा सुधार हुनुपर्छ । त्यसमा लाग्छु । पश्चिमकाे भराेसाकाे केन्द्र बनाउँछु ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।