२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

लुम्बिनी महासंघमा श्रेष्ठको प्रभावशाली जित

भैरहवा, चैत २३  नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको नेतृत्वमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न आठौं प्रदेशसभा तथा अधिवेशनबाट उनले प्रतिस्पर्धी जमसेर अलि मियाँलाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्षमा बाजी मारेका हुन् ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ खसेको १ सय २ मतमध्ये श्रेष्ठले ९६ मत प्राप्त गर्दा मियाँ ६ मतमै सीमित रहे । जिल्ला तथा नगरतर्फको ३३ मतमध्ये पनि श्रेष्ठले २१ मत ल्याउँदा मियाँले १२ मत पाए । वस्तुगततर्फको एक मात्र मतसमेत श्रेष्ठकै पक्षमा परेको थियो । नयाँ कार्यसमितिमा जिल्ला/नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी र एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने चयन भएका छन् भने सदस्यहरूमा बर्दियाका बद्रीनाथ बराल र प्युठानका माधवराज भण्डारी निर्विरोध निर्वाचित भएका छन् । एसोसिएट सदस्यतर्फ रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल चयन भएका छन् ।

११ सदस्यीय समितिमा थप दुई जना, जसमा एक महिला अनिवार्य, मनोनयन गरिने व्यवस्था रहेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको हकहितलाई प्राथमिकतामा राख्दै महासंघलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।