२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

नेपालगञ्जमा छाडा पशु नियन्त्रण अभियान: थप ३८ पशु कान्जीहाउस पुर्‍याइयो

नेपालगञ्ज  वैशाख १४ नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका छाडा पशु चौपायाको नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ । आज बिहान ५ बजेदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत ३८ वटा पशु संकलन गरी वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा व्यवस्थापन गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार संकलित पशुहरूमा ३० वटा गाई, बाच्छाबाच्छी तथा साँढे रहेका छन् भने ८ वटा घोडा–घोडी रहेका छन् । नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीका अनुसार शनिबार मात्रै ४३ वटा छाडा पशु नियन्त्रण गरी कान्जीहाउस पुर्‍याइएको थियो ।

नगर क्षेत्रमा छाडा पशुका कारण हुने सवारी दुर्घटना, ट्राफिक अवरोध तथा सरसफाई समस्या नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तर सञ्चालन गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।