२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

नेपालगञ्ज कान्जी हाउसका पशुलाई राप्तीसोनारीको गौ सेवा धाममा स्थानान्तरण

नेपालगञ्ज । नेपालगञ्ज कान्जी हाउसका पशुलाई गौ सेवाधाममा स्थानान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा अवस्थित कान्जी हाउसमा रहेका पशुचौपायाहरुलाई ट्रकमा राखी राप्तीसोनारी गाँउपालिका वडा नम्बर २ सम्शेरगञ्जस्थित १८५ हेक्टरमा फैलिएको मंगल राधिका सदानन्द गौ सेवाधाममा ब्यवस्थापन गरिएको छ । नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायाको व्यवस्थापनलाई निरन्तरता दिँदै कान्जीहाउसमा राखिएका पशुहरुलाई स्थानान्तरण गरिएको हो ।

नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीका अनुसार सडकमा छाडा रुपमा विचरण गर्ने गाई, गोरु लगायतका पशुका कारण बढ्दो सवारी दुर्घटना र सार्वजनिक असुविधालाई मध्यनजर गर्दै यस्तो अभियान सञ्चालन गरिएको हो । संकलित पशुहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरी दीर्घकालीन समाधानतर्फ पहल गरिएको जनाइएको छ ।

यसैबीच आज विहान थप ३० छाडा पशुलाई नियन्त्रणमा लिई कान्जीहाउस पुर्‍याइएको नगर प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । नगर प्रहरीले गत शनिबारदेखि छाडा पशु नियन्त्रण अभियानलाई निरन्तर अघि बढाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।