२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

ब्राउन सुगरसहित कोहलपुरबाट चार कारोबारी पक्राउ

नेपालगन्ज ।  बाँके प्रहरीले ब्राउन सुगरसहित चार कारोबारीलाई पकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर–२ स्थित द्वारिका प्रसाद थारुको घरमा खानतलासी गर्ने क्रममा ७ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर फेला परेपछि चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा कोहलपुर–२ का ४२ वर्षीय द्वारिका प्रसाद थारु, २२ वर्षीय समिर विक, २८ वर्षीय राकेश चौधरी तथा बैजनाथ गाउँपालिका–५ का २४ वर्षीय ओमकान्त थारु रहेको जिल्ला प्रहरीले कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । बाँके प्रहरीका अनुसार लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।