२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतिको माग

दाङ, जेठ ३१  तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सेवा विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राख्न माग गर्दै दाङ–तुलसीपुर बनाऔँ अभियानका अभियानकर्ता सर्जन परियारले लुम्बिनी प्रदेश सरकारसमक्ष ध्यानाकर्षण गराएका छन् ।

अभियानकर्ता परियारले शुक्रबार लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे लाई ज्ञापनपत्र बुझाउँदै राप्ती प्रादेशिक अस्पतालमा देखिएका सेवा सम्बन्धी समस्या तत्काल समाधान गर्न आग्रह गरेका हुन् । ज्ञापनपत्रमा अस्पतालमा जडान गरिएको सीटी स्क्यान सेवा सञ्चालन गर्ने मेसिन विग्रिएको करिब दुई वर्ष बितिसक्दा पनि पुनः सञ्चालनमा आउन नसकेको उल्लेख गरिएको छ । यसको प्रत्यक्ष असर बिरामी र सेवाग्राहीमा परेको भन्दै उपचारका लागि निजी अस्पताल धाउनुपर्ने अवस्था सिर्जना भएको अभियानको दाबी छ । यसले स्वास्थ्य सेवामा अतिरिक्त आर्थिक भार समेत थपिएको उल्लेख गरिएको छ ।

अभियानले सीटी स्क्यान सेवा पुनः सञ्चालनका लागि तत्काल आवश्यक प्राविधिक तथा बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ । त्यसैगरी, राप्ती क्षेत्रका नागरिकलाई थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको संरचनागत तथा सेवा क्षमता विस्तार आवश्यक रहेको भन्दै राप्ती प्रादेशिक अस्पताललाई २०० शय्यामा स्तरोन्नति गर्न आगामी बजेटमार्फत आवश्यक रकम विनियोजन गर्न आग्रह गरिएको छ ।

अभियानकर्ता परियारले प्रदेश राजधानी परिसरको मूल गेट अगाडि प्लेकार्ड प्रदर्शनसमेत गर्दै सार्वजनिक रूपमा अस्पताल सुधारको माग उठाएका थिए । उनका अनुसार राप्ती क्षेत्रका नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउन अस्पताललाई प्रदेशकै प्राथमिकतामा राखिनुपर्छ । ज्ञापनपत्र बुझ्दै मन्त्री घिमिरेले उठाइएका विषयबारे अध्ययन गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको अभियानले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।