२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

विस्तार हुँदै लुम्बिनीसम्म पुग्यो मनसुन

काठमाडौं, असार ९   कोशी प्रदेशबाट भित्रिएको यस वर्षको मनसुन प्रणाली विस्तार हुँदै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन कमजोर अवस्थामा रहेकाले देशभर फैलिन भने अझै केही दिन लाग्नेछ ।

महाशाखाले आइतबार जारी गरेको बुलेटिनअनुसार मनसुन प्रणाली अहिले कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानसम्म विस्तार भएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो । प्रवेशपछि क्रमिक रूपमा पश्चिमतर्फ विस्तार हुँदै अहिले देशका थप भूभागमा सक्रिय हुन थालेको महाशाखाले जनाएको छ ।

मौसमविद्हरूका अनुसार मनसुन कमजोर रहेकाले देशका बाँकी प्रदेशमा यसको प्रभाव पुग्न अझै केही समय लाग्ने देखिएको छ । यद्यपि मनसुन विस्तार भइरहेकाले आगामी दिनमा वर्षाको गतिविधि क्रमशः बढ्ने अनुमान गरिएको छ । महाशाखाले मनसुनसँग सम्बन्धित अद्यावधिक जानकारी तथा मौसम पूर्वानुमान नियमित रूपमा सार्वजनिक गरिरहेको जनाएको छ । साथै वर्षासँगै हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता विपद्को जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।