२०८३ श्रावण ६ बुधबार
२०८३ श्रावण ६ बुधबार

राप्तीसोनारीमा अनुदानले बढ्यो उत्साह

गाउँपालिकाको पशु सेवा शाखाले सार्वजनिक गरेको विवरणअनुसार चारा मेसिन वितरण, गोठ/खोर निर्माण सुधार, माछा पोखरी निर्माण तथा मर्मत, मिल्क क्यान तथा डिप फ्रिज वितरण, गोशाला व्यवस्थापन तथा घाँसको बिउ वितरणलगायतका कार्यक्रममा ५० देखि ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको हो । सबैभन्दा बढी लाभग्राही ५० प्रतिशत अनुदानमा विद्युतीय चारा मेसिन वितरण कार्यक्रम अन्तर्गत रहेका छन् ।

राप्तीसोनारी, साउन ५  बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरेका विभिन्न अनुदान कार्यक्रममार्फत किसान, कृषि फर्म, सहकारी तथा गोशालालाई प्रत्यक्ष लाभान्वित गरेको छ ।गाउँपालिकाको पशु सेवा शाखाले सार्वजनिक गरेको विवरणअनुसार चारा मेसिन वितरण, गोठ/खोर निर्माण सुधार, माछा पोखरी निर्माण तथा मर्मत, मिल्क क्यान तथा डिप फ्रिज वितरण, गोशाला व्यवस्थापन तथा घाँसको बिउ वितरणलगायतका कार्यक्रममा ५० देखि ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको हो । सबैभन्दा बढी लाभग्राही ५० प्रतिशत अनुदानमा विद्युतीय चारा मेसिन वितरण कार्यक्रम अन्तर्गत रहेका छन् । यस कार्यक्रममा राप्ती सोनारीका वडा नं. २ देखि ९ सम्मका १९ जना किसानलाई एक–एक वटा चारा मेसिन वितरण गरिएको छ । लाभग्राहीमा पानबहादुर घर्ती, खलबहादुर बुढाथोकी, मित्रलाल वली, गुरुप्रसाद थारु, प्रेमलाल थारु, वृद्धी महतारा, खुसीराम थारु, गौरी विक, बम्बबहादुर पुन मगर, रामदैली थारु, मोतीराम वली, दिलबहादुर खड्का, दयाराम थारु, रणवीर थारु, जयबहादुर डाँगी, प्रेमलाल खत्री, हिलबहादुर वली, कमला खड्का विष्ट र वीरबहादुर डाँगीले ५० प्रतिशत अनुदानमा इलेक्ट्रिक चारा मेसिन पाएका छन् ।

त्यसैगरी ५० प्रतिशत अनुदानमा गोठ/खोर निर्माण सुधार कार्यक्रमअन्तर्गत सम्झौता गर्न १५ वटा कृषि तथा पशुपन्छी फर्म छनोट गरिएको थियो । तीमध्ये ११ फर्मले प्रतिगोठ ५० हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन् भने चार फर्मले रकम नलिएको विवरणमा उल्लेख छ । अनुदान प्राप्त गर्ने फर्ममा भण्डारी कृषि तथा पशुपन्छी फर्म, जमुना बाख्रा पालन फर्म, रिजाल भैँसी पालन फर्म, रिएक्शन बाख्रा पालन फर्म, बखरिया बंगुर पालन फर्म, आले पशुपन्छी पालन फर्म, भदुवा एकीकृत कृषि तथा पशुपन्छी फर्म, इन्दिरा कृषि तथा पशुपन्छी फर्म तथा अन्य तीन लाभग्राही छन् ।

५० प्रतिशत अनुदानमा माछा पोखरी निर्माण, सुधार तथा मर्मत कार्यक्रम अन्तर्गत सुरुमा ६ जना किसान तथा फर्मसँग सम्झौता गरिएको थियो । तर अन्तिम चरणमा ३ वटा फर्मले मात्र प्रतिपोखरी ५० हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन् । अनुदान पाउनेमा कविला माछा पालन फर्म, लक्ष्मी कृषि पशुपन्छी तथा माछा पालन फर्म र एम.डी. माछा पालन फर्म रहेका छन् । यस्तै ५० प्रतिशत अनुदानमा मिल्क क्यान तथा डि फ्रिज वितरण कार्यक्रमअन्तर्गत राप्तीसोनारी–२ स्थित साना किसान कृषि सहकारी संस्थालाई सहयोग गरिएको छ । गाउँपालिकाले दुईवटा गौशालालाई गौशाला व्यवस्थापन कार्यक्रमअन्तर्गत सहयोग गरेको छ । लाभग्राहीमा राप्तीसोनारी–९ स्थित बैंकटेश्वर गौशाला र राप्तीसोनारी–२ स्थित मंगल राष्ट्रिय सद्वानन्द गौशाला सेवा धाम छन् ।

यसैगरी ७५ प्रतिशत अनुदानमा बर्सिम तथा जै घाँसको बिउ र सुडान घाँसको बिउ वितरण गरिएको छ । गाउँपालिकाले यी कार्यक्रममार्फत पशुपालन व्यवसायलाई व्यावसायिक, उत्पादनमुखी तथा आधुनिक बनाउने, पशु आहार व्यवस्थापनमा सहजता ल्याउने, दूध तथा मासु उत्पादन वृद्धि गर्ने र माछापालन विस्तारमा टेवा पुर्‍याउने उद्देश्य राखेको जनाएको छ । पशु सेवा शाखाका अनुसार आगामी वर्ष पनि किसानमुखी अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै वास्तविक व्यवसायी किसानलाई प्राथमिकतामा राखिनेछ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले अनुदान कार्यक्रमको उद्देश्य किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै उत्पादन र आम्दानी बढाउनु रहेको बताए । उनले भने, ‘गाउँपालिकाले वितरणमुखीभन्दा उत्पादनमुखी अनुदानलाई प्राथमिकता दिएको छ । वास्तविक किसानलाई लक्षित गरेर चारा व्यवस्थापन, गोठ सुधार, माछापालन, दुग्ध उत्पादन र गोसंरक्षणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरेका छौं । यी कार्यक्रमले पशुपालन व्यवसायलाई थप व्यावसायिक बनाउन र किसानको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएका छौं ।’ अध्यक्ष पौडेलले आगामी वर्षहरूमा पनि परिणाममुखी र आवश्यकतामा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै वास्तविक किसानले प्रत्यक्ष लाभ पाउने गरी अनुगमनलाई समेत प्रभावकारी बनाइने उल्लेख गरे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।