२०८३ मंसिर ६ शनिबार
२०८३ मंसिर ६ शनिबार

स्थानीय तहको चुनाव वैशाखमा, प्रदेशसभाको मङ्सिरमा गर्न आयोगको प्रस्ताव


काठमाडौं ।  निर्वाचन आयोगले आगामी २०८४ वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ । शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले दुवै तहको निर्वाचनका लागि प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो ।

आयोगको प्रस्तावअनुसार स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा हुनेछ । छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगले प्रस्तुत गरेको निर्वाचन कार्यतालिका उपयुक्त देखिएको प्रतिक्रिया दिएका छन् ।

उनले आयोगको प्रस्तावबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने बताए ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने सोही वर्ष मङ्सिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते सकिँदैछ ।

स्थानीय सरकार सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार स्थानीय तहको कार्यकाल समाप्त हुनुअघि नै नयाँ निर्वाचन गराउने विषयमा आयोगले राजनीतिक दलहरूसँग छलफल अघि बढाएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।