२०८३ श्रावण १९ मंगलवार
२०८३ श्रावण १९ मंगलवार

लुम्बिनीबाट शान्ति र सद्भावको सन्देश, भिक्षु–भिक्षुणीद्वारा शान्ति पाठ

लुम्बिनी, साउन १५ गते।    देशका विभिन्न स्थानमा पछिल्ला दिनहरूमा हिंसात्मक घटना बढ्दै सामाजिक सद्भावमा चुनौती देखिएको सन्दर्भमा बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गरिएको छ। शुक्रबार बिहान मायादेवी मन्दिर परिसरमा भिक्षु–भिक्षुणीहरूले परित्राण पाठ गर्दै संवाद, सहकार्य र बुद्धका शिक्षामार्फत समाजमा शान्ति स्थापना गर्न सबैलाई आग्रह गरेका हुन्।

लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा थेरवादी र महायानी परम्पराका भिक्षु–भिक्षुणीहरूले मुलुकमा शान्ति, सद्भाव, सहिष्णुता र भातृत्व कायम होस् भन्ने कामनासहित संयुक्त रूपमा शान्ति पाठ गरेका थिए।

विगत केही दिनयता देशका विभिन्न स्थानमा हिंसात्मक घटना बढ्दै असहज अवस्था सिर्जना भइरहेका बेला समुदायबीच एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न बुद्धका शिक्षा अझ सान्दर्भिक बनेको सहभागीहरूले बताएका छन्।

भिक्षु सागर धम्मले वर्तमान कठिन परिस्थितिलाई थप जटिल बन्न नदिन समुदायबीच विश्वास, एकता र सहिष्णुताको वातावरण निर्माण गर्न लुम्बिनीबाट शान्तिको अपिल गरिएको बताए।

लुम्बिनी विकास कोषका निमित्त सदस्य–सचिव हिमाल उप्रेतीले द्वन्द्व र हिंसाले कुनै पनि समस्याको दीर्घकालीन समाधान दिन नसक्ने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै मुलुकलाई वर्तमान जटिल अवस्थाबाट निकास दिन सकिने बताए।

उनले बुद्धका शिक्षा आज पनि उत्तिकै सान्दर्भिक र अनुकरणीय रहेकाले विश्वशान्तिको केन्द्र लुम्बिनीबाट शान्ति, सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गरिएको बताए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।