२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

हिमपहिरोमा परी सम्पर्कविहीनमध्ये थप २ जनाको शव फेला, मृतकको संख्या ४ पुग्यो


मनाङ।  जिल्ला मनाङ नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप २ जनाको शव फेला परेको छ । यससँगै हालसम्म ४ जनाको शव उद्धार गरिएको छ ।

 
मिति २०८३/०५/३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना मिति २०८३/०६/११ गते १७:३० बजे सकुशल फु-गाउँमा आइ बसेका थिए । बाँकी १२ जना सम्पर्कविहीन भएका थिए ।
 
सम्पर्कविहीनमध्ये यसअघि २ जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएकोमा मिति २०८३/०६/१२ गते ०८:१५ बजे कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ ।
 
टिचिङ अस्पताल, काठमाडौं पठाइएका शवको विवरणः
१. जिल्ला संखुवासभा भोटखोला गाउँपालिका-३ का अं. ५२ वर्षीय छेबि भोटे ।
२. जिल्ला संखुवासभा भोटखोला गाउँपालिका-२ का अं. ३१ वर्षीय पासाङ भोटे ।
 
यसैबीच, मिति २०८३/०६/१२ गते अं. ११:०० बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप २ जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याई राखिएको छ । उक्त दुवै शवको नामथर तथा वतन हालसम्म खुल्न सकेको छैन ।
 
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब ३ दिन उत्तरतर्फ पर्ने स्थानमा रहेको छ । बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।