जाजरकोट। जिल्ला जाजरकोट नलगाड नगरपालिका-१३, सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखेको अवस्थामा ३ थान एकनाले भरुवा बन्दुक बरामद भएको छ ।
मिति २०८३।०६।१६ गते बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका भरुवा बन्दुक फेला पारेको हो ।
बरामद भएका बन्दुकमध्ये २ थान साबुत रहेका छन् भने १ थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ ।
बरामद बन्दुकहरू रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याई
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


















