२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

स्यार्पू जलविद्युत आयोजनाबाट परीक्षण उत्पादन सुरु


रुकुम पश्चिम।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा निर्माण भएको ३.३ मेगावाट क्षमताको स्यार्पू जलविद्युत आयोजनाले बिहीबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ। स्यार्पू ताल हुँदै बग्ने तिलिचा खोलाको पानी उपयोग गरी निर्माण गरिएको आयोजनाबाट परीक्षणका रूपमा विद्युत उत्पादन थालिएको हो।

परीक्षण उत्पादन सफल भएपछि नेपाल विद्युत प्राधिकरणको अनुमति लिएर व्यावसायिक उत्पादन सुरु गरिने स्यार्पू पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर प्रदीप ओलीले जानकारी दिए।

करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण भएको आयोजनामा संघीय सरकारअन्तर्गत अर्थ मन्त्रालयको १ प्रतिशत र रुकुम पश्चिमका ६ वटै स्थानीय तहको ५४ प्रतिशत लगानी रहेको छ। बाँकी ४५ प्रतिशत लगानी सार्वजनिक शेयरमार्फत जुटाइने कम्पनीका अध्यक्ष धनवीर ओलीले बताए।

आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। परीक्षण उत्पादनपछि आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी नियमित विद्युत उत्पादनतर्फ अघि बढ्ने कम्पनीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।