प्राथमिकता सानासाना समस्याबाट मुक्त गराउँदै जनजीवनमा तत्काल देखिने परिवर्तन ल्याउन र भौतिक निर्माणदेखि सामाजिक कार्यक्रमसम्म सबैतर्फ सन्तुलित ढंगले बजेट विनियोजन गरेर अघि बढिरहेको वडा कार्यालयले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिका–२ ले चालु आर्थिक वर्षका लागि विनियोजित ९५ लाख रुपैयाँलाई लक्षित गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा प्रशासनिक सेवा सुधारका विस्तृत कार्यक्रम कार्यान्वयनमा अघि बढेको छ । साविक कचनापुर गाउँ विकास समितिका १ देखि ९ नम्बर सबै वडालाई समेटेर बनेको यो वडामा २०७५ को घरधुरी सर्वेक्षण अनुसार ९८१० जनसंख्या बसोबास गर्छ । प्राथमिकता सानासाना समस्याबाट मुक्त गराउँदै जनजीवनमा तत्काल देखिने परिवर्तन ल्याउन र भौतिक निर्माणदेखि सामाजिक कार्यक्रमसम्म सबैतर्फ सन्तुलित ढंगले बजेट विनियोजन गरेर अघि बढिरहेको वडा कार्यालयले जनाएको छ ।
यस वर्ष वडाले सडक, नाली तथा कल्भर्ट निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । खोरियामा महंगु थारुको घरदेखि दक्षीतर्फ पक्की बाटो निर्माण, राजपुरमा बाटो निर्माण, वडा कार्यालयको दक्षिणतर्फ पक्की बाटो, पाँचकुलेदेखि भग्गु टोलसम्म कालोपत्रे, गुरुवाखोलामा दुई स्थानमा सडक स्तरोन्नति, र महेन्द्रपुरमा तीनवटा स्थानमा कल्भर्ट निर्माणजस्ता कामहरू सुरु हुने छन् । गोबारपुर क्षेत्रमा नाली निर्माण तथा ह्युमपाइप जडान गरेर आवतजावत सहज बनाइनेछ । यस्तै, नेरा आवि महेन्द्रपुरमा पर्खाल निर्माण र नेरा आवि टिकुलिपुरमा तारबार जडान गरेर विद्यालय सुरक्षित र व्यवस्थित बनाइने योजना वडाले अघि सारेको छ ।

सामाजिक तथा सेवा क्षेत्रका कार्यक्रम पनि यसै वर्ष महŒवपूर्ण रूपमा अघि बढाइनेछन् । लक्ष्मी सामुदायिक क्याम्पसमा पुस्तकालय व्यवस्थापनका लागि छुट्याइएको बजेटले विद्यार्थीलाई अध्ययन सामग्री प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार तथा फर्निचर खरिद गरी आधारभूत स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाइनेछ । कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रममार्फत स्थानीय किसानलाई उत्पादन वृद्धि र प्रविधि अपनाउन प्रेरित गरिनेछ । शैक्षिक संस्थालाई सहयोग तथा वडा अध्यक्ष कपजस्ता कार्यक्रमले शिक्षा, खेलकुद र सामुदायिक सक्रियता बढाउने उद्देश्य राखिएको छ ।
कार्यबहाक वडाअध्यक्ष दीर्घबहादुर बुढाथोकीका अनुसार, ‘शिक्षा, स्वास्थ्य, कृषि र खेलकुद सबै वडाको सामाजिक मेरुदण्ड हुन् । यी क्षेत्रमा गरिएको लगानीले वर्षौँसम्म जनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले हामीले बजेट छुट्याउँदा दीर्घकालीन प्रभावलाई आधार मानेका छौँ ।’ प्रशासनिक तथा सुशासनका काम सहज बनाउन पदाधिकारी बैठक भत्ता, सञ्चार महसुल, इन्धन, सवारीसाधन मर्मत, तथा कार्यालय सामग्री खरिदका लागि पनि रकम छुट्याइएको छ । बुढाथोकी भन्छन्, ‘नागरिकलाई सेवा दिन कार्यालय बलियो हुनु आवश्यक छ । पारदर्शी प्रशासन नै राम्रो विकासको आधार हो ।’

सूचना प्रकाशन तथा पत्रपत्रिका छपाइ खर्चमार्फत वडाले निर्णय, कार्यक्रम तथा खर्च विवरण सार्वजनिक गर्नेछ । बुढाथोकीका शब्दमा, ‘हामीले गर्ने र खर्च गर्ने सबै कुरा जनतासामु खुला हुनुपर्छ । पारदर्शिता र जवाफदेहिता नै सुशासनको मेरुदण्ड हो ।’ वडामा विपद तथा आकस्मिक परिस्थितिमा तत्काल सहयोग पुर्याउन अलग्गै शीर्षकमार्फत रकम राखिएको छ । आगलागी, डुबान, दुर्घटना वा अन्य आकस्मिक समस्यामा तत्काल राहत र उद्धारका लागि यो रकम परिचालन गरिने कार्यवहाक वडाध्यक्ष बुढाथोकीले बताए । त्यस्तै, वडा सौन्दर्यकरण, मेसिनरी तथा औजार खरिद, र लागत साझेदारी कार्यक्रममार्फत वडाले स्थानीय समुदायसँग मिलेर सहकार्यमा विकास अघि बढाउने योजनासमेत बनाएको छ ।
कार्यबहाक अध्यक्ष बुढाथोकी भन्छन्, ‘विकासका योजना कागजमै सीमित भइरहून् भन्ने हामी चाहँदैनौँ । जनताले दैनिक रुपमा महसुस गर्ने परिवर्तन ल्याउनु नै हाम्रो उद्देश्य हो । प्रत्येक रुपैयाँ पारदर्शी र प्रभावकारी रूपमा खर्च गर्ने प्रण लिएका छौँ ।’ उनका अनुसार, चालु आर्थिक वर्षका सबै कार्यक्रम समयमै र गुणस्तरीय रूपमा अघि बढाइनेछ । वडावासीले पनि यस वर्ष वडाले अघि सारेका योजनालाई सकारात्मक दृष्टिले हेरेका छन् । सडक, शिक्षा, स्वास्थ्य र कृषि यी सबै क्षेत्रमा देखिने सुधारले वडाको विकास यात्रा नयाँ गति लिने अपेक्षा गरिएको छ । बुढाथोकी भन्छन्, ‘विकासको गति निरन्तर रहनु पर्दछ । हामीले बनाएका योजना पूरा भए वडाको मुहार फेरिन्छ । नागरिकको भरोसालाई परिणाममा रूपान्तरण गर्नु नै हाम्रो जिम्मेवारी हो ।’

यसरी वडाले सार्वजनिक गरेका कार्यक्रम केवल बजेटको सूची मात्र होइनन्, जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने प्रतिबद्धता हुन् । आगामी महिनाहरूमा ती कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन भए राप्ती सोनारी गाउँपालिका–२ को विकास यात्रा थप सबल र दिगो बन्ने निश्चित छ ।
सडक, नाली र पूर्वाधारका काम अगाडि
वडामा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार निर्माणमा छुट्याइएको छ । खोरिया क्षेत्रमा महंगु थारुको घरदेखि दक्षीतर्फ पक्की बाटो निर्माण, राजपुर क्षेत्रमा बाटो निर्माण, वडा कार्यालयको दक्षिणतर्फ पक्की बाटो, पाँचकुलेदेखि भग्गु टोलसम्म कालोपत्रे सडक, गुरुवाखोलामा दुई स्थानमा सडक स्तरोन्नति, महेन्द्रपुरका तीन ठाउँमा कल्भर्ट निर्माण, गोबरपुरमा नाली निर्माण तथा ह्युमपाइप जडान जस्ता आयोजनाहरू यस वर्षका प्रमुख काम हुन् ।
कावा वडा अध्यक्ष बुढाथोकी भन्छन्, ‘यातायात सहज नहुँदासम्म विकास गति चल्दैन। हाम्रो वडाका धेरै बस्तीतर्फ जाने बाटो सँकुचिन वा हिलोमय थिए । यी सडक सुधार भएपछि विद्यालय, बजार, स्वास्थ्यचौकी र कार्यालयमा आवतजावत सहज हुनेछ ।’ नेरा आवि महेन्द्रपुरमा पर्खाल निर्माण तथा नेरा आवि टिकुलिपुरमा तारबार निर्माण कार्य पनि यसै वर्ष अघि बढाइनेछ । यसले विद्यालय सुरक्षित, व्यवस्थित र विद्यार्थीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने कावा अध्यक्ष बुढाथोकीको विश्वास छ ।
शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका कार्यक्रम
सामुदायिक पुस्तकालय स्थापनालाई शिक्षा प्रवद्र्धनका महत्वपूर्ण कदमको रूपमा वडाले अगाडि सारेको छ । लक्ष्मी सामुदायिक क्याम्पसमामा पुस्तकालय व्यवस्थापनका लागि छुट्याइएको रकमले विद्यार्थी तथा शोधार्थीलाई अध्ययनमा सहजता दिलाउने अपेक्षा गरिन्छ ।
वडाभित्र रहेको स्वास्थ्यचौकीमा ल्याब सेवा विस्तार र नयाँ फर्निचर खरिद गर्न बजेट विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्य सेवा नजिकै उपलब्ध गराउने उद्देश्यले ल्याब सुविधा विस्तार गरिएको कावा अध्यक्ष बुढाथोकी बताउँछन् । वडाले पशु सम्बन्धी कार्यक्रम, कृषिसम्बन्धी कार्यक्रम, शैक्षिक संस्थामा सहयोग, वडा अध्यक्ष कप जस्ता सामाजिक तथा क्षमता विकासमूलक कार्यक्रम पनि अघि सारेको छ । यी कार्यक्रमले स्थानीयस्तरमा उत्पादन, खेलकुद तथा सामुदायिक सशक्तिकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कावा अध्यक्ष बुढाथोकीका अनुसार, ‘शिक्षा, स्वास्थ्य र कृषि वडाको सामाजिक आधार हुन् । यी क्षेत्रमा गरिएको लगानीले जनजीवनमा दिगो प्रभाव पार्नेछ ।’





















