२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक सेवा प्रवाह गरिने

नेपालगन्ज, वैशाख ९  जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवाहरु प्रवाह गर्ने भएको छ । नेपाल सरकारद्वारा गत फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था मिलाइएको हो ।

२०८२३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म यस कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु सार्वजनिक बिदाका दिनमा समेत प्रदान गरिने भएको छ । प्रशासनले यस सम्बन्धमा सूचना प्रकाशन गरी सर्वोत्कृष्ट जानकारी गराएको छ ।

जारी सूचनाअनुसार चण्डी पूर्णिमा (वैशाख पूर्णिमा)/बुद्ध जयन्ती/उमौली पर्व (२०८३/०१/१८), गणतन्त्र दिवस (२०८३/०१/१५), रक्षावधान (२०८३/०५/१२), श्रीकृष्ण जन्माष्टमी (२०८३/०५/१९), धान्य पूर्णिमा/उमौली पर्व/योमरी पुरूष (२०८३/०९/०९), किसमस डे (२०८३/०९/१०), तमू ल्होसार (२०८३/०९/१५), पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) (२०८३/०९/२७), माधी पर्व/माधे सङ्कल्पित (२०८३/१०/०१), राष्ट्रिय प्रजातन्त्र दिवस (२०८३/११/०७), अन्तराष्ट्रिय महिला दिवस (२०८३/११/२४), गलान्त्री ल्होसार (२०८३/११/२५) तथा नेपाल सरकारबाट विदा घोषणा भएका इस्लामिक पर्व (इन्द्र उल फिर र इन्द्र उल अजहा)

का दिनसमेत सेवा सुचारु रहनेछ ।
प्रशासनले यस कार्यालयबाट मात्र नभई जिल्लाभित्रका अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने निकायहरुलाई समेत राजपत्रको व्यवस्थाअनुसार सूचना प्रकाशन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएको छ । यस व्यवस्थाले सेवाग्राहीले बिदाका दिनमा समेत झन्झटविना अत्यावश्यक सेवा लिन सक्ने भएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।