२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

नेपालगन्जमा युवाको हत्या हत्यामा संलग्न ६ जना पक्राउ

नेपालगन्ज, वैशाख २४  नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा ब्रतबन्ध कार्यक्रमपछि भएको आपसी विवाद कुटपिट र धारिलो हतियार प्रहारमा परिणत हुँदा एकजनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनलाई पक्राउ गरेको छ । घटनामा संलग्नमध्ये चारजनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनी क्षेत्रबाट र थप दुईजनालाई नेपालगन्जबाट पक्राउ गरिएको हो ।

कैलाली लम्कीचुहा–१ का १९ वर्षीय दिपेन्द्रराज गिरी, २० वर्षीय बिबियस कुवँर, १८ वर्षीय सुशिल खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ का १८ वर्षीय सन्तोष संज्याल र सुर्खेत वीरेन्द्रनगर–३ का २० वर्षीय रुपेश थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पातलीले जानकारी दिए । प्रहरीले घटनास्थलबाट एक थान चक्कु, सु.प.प्र.०१–०१४ प १२५६ नम्बरको एनएस २०० मोटरसाइकल तथा बियरका बोतल र फुटेका बोतलका टुक्राहरू बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बेलुकी बेलासपुरका २१ वर्षीय प्रितम अधिकारीको ब्रतबन्ध कार्यक्रमका लागि आएका साथीहरू सोही स्थानमा बसेका थिए । बस्ने ठाउँ अभाव भएपछि उनीहरू नजिकै रहेका दिपेन्द्र रोकायको घरको एउटै कोठामा बसेर रमाइलो गरिरहेका थिए । सोही क्रममा २२ गते बिहान करिब २ः०० बजे दिपेन्द्रराज गिरी र विशाल चन्द ठकुरीबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो । विवादपछि दिपेन्द्रराज गिरी त्यहाँबाट बाहिर निस्केर कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित आफ्ना साथीहरूलाई फोनमार्फत नेपालगन्ज बोलाएको प्रहरीले जनाएको छ ।

बिहान करिब ५ः०० बजे लम्कीचुहाबाट मोटरसाइकलमा आएका उनका साथीहरू समेत घटनास्थल पुगेपछि पुनः समूहबीच झडप भएको बताइएको छ । सो क्रममा बियरका बोतल तथा चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी विशाल चन्द ठकुरीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणपछि ज्यान जोगाउन भागेका ठकुरीलाई करिब एक सय मिटरसम्म पछ्याउँदै पुनः धारिलो हतियार प्रहार गरिएको र उनी बाटोमै ढलेका थिए । घाइते अवस्थामा उनलाई सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज पुर्‍याइए पनि मंगलबार बिहान करिब ६ः०० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही घटनामा अर्का घाइते जुम्ला चन्दननाथ नगरपालिका–४ का २० वर्षीय योगेन्द्र कामी उपचारपछि डिस्चार्ज भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।