२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीअनुसार पूर्वप्रधानमन्त्री  शेरबहादुर देउवा र उनकी पत्नीलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

देउवाको तर्फबाट वारेसमार्फत दायर गरिएको रिटमाथि सुनुवाइपछि सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश दिएको हो । आदेशको पूर्ण लिखित प्रति भने आउन बाँकी रहेको जनाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि देउवा सर्वोच्च अदालत पुगेका थिए । रिटमा काठमाडौं जिल्ला अदालतलाई पक्राउ अनुमति दिने क्षेत्राधिकार नरहेको दाबी गरिएको छ ।

यसअघि सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो । त्यसपछि सोमबार सरकार र रिट निवेदक पक्षबीच छलफल भएको थियो ।

रिट निवेदनमा देउवाले अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।

चुनावअघि हङकङ गएका देउवा दम्पती हालसम्म नेपाल फर्किएका छैनन् । पक्राउ पुर्जी प्रकरणसँगै राजनीतिक वृत्तमा पनि यस विषयले चासो पाएको छ ।

 
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।