२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

लुम्बिनीमा १३ प्रतिशत मात्रै धान रोपाइँ

बाँके, असार १४  पर्याप्त वर्षा नहुँदा लुम्बिनी प्रदेशमा यस वर्ष धान रोपाइँ अपेक्षाभन्दा निकै सुस्त देखिएको छ । विगतका वर्षमा मध्य असारसम्म करिब आधा क्षेत्रफलमा धान रोपाइँ सम्पन्न हुने गरे पनि यस वर्ष अहिलेसम्म करिब १३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको छ । किसान वर्षाको प्रतीक्षामा बस्न बाध्य भएका छन् भने प्रदेश सरकार पनि मौसम सक्रिय हुने अपेक्षामा छ ।

लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशभर धान खेती हुने तीन लाख एक हजार तीन सय ७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३९ हजार एक सय २७ दशमलव ८१ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो कुल धान खेती हुने क्षेत्रफलको १२.९८ प्रतिशत मात्रै हो । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै धान खेती हुने कपिलवस्तु र बाँकेमा भने हालसम्म रोपाइँको उल्लेखनीय प्रगति हुन सकेको छैन । मन्त्रालयले केही दिनअघि संकलन गरेको तथ्यांकअनुसार यी दुई जिल्लाबाट रोपाइँ भएको विवरण प्राप्त भएको छैन । मन्त्रालयका सूचना अधिकारी हरिप्रसाद पण्डितका अनुसार यी जिल्लामा परम्परागत रूपमा पनि रोपाइँ केही ढिलो हुने गर्छ र अधिकांश किसानले साउनको पहिलो वा दोस्रो सातातिर मात्रै रोपाइँ सम्पन्न गर्ने गरेका छन् ।

यस वर्ष प्रदेशमा सबैभन्दा बढी प्रगति रुपन्देहीमा देखिएको छ । ६३ हजार ५५० हेक्टरमा धान खेती हुने रुपन्देहीमा १२ हजार एक सय १० हेक्टरमा रोपाइँ भइसकेको छ, जुन करिब २० प्रतिशत हो । बर्दियामा ५० हजार एक सय ५० हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये नौ हजार चार सय ६३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । नवलपरासी (पश्चिम) मा आठ हजारभन्दा बढी हेक्टरमा रोपाइँ भएको छ भने प्युठानमा करिब पाँच हजार तीन सय ५० हेक्टरमा धान रोपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । दाङमा दुई हजार एक सय ७२ हेक्टर, रोल्पामा एक हजार ७६ हेक्टर, अर्घाखाँचीमा तीन सय ४२ हेक्टर, पाल्पामा एक सय नौ हेक्टर, गुल्मीमा ९८ हेक्टर र रुकुम पूर्वमा ५३ दशमलव १ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार सिँचाइ सुविधा पुगेका क्षेत्रमा रोपाइँ चलिरहेको भए पनि आकाशे पानीमा निर्भर अधिकांश खेत अझै बाँझै छन् । पर्याप्त वर्षा नहुँदा किसानले खेतमा पानी जमाउन नसकेकाले रोपाइँ अघि बढ्न सकेको छैन । सूचना अधिकारी पण्डितले यस वर्ष धेरै किसानले धानको ब्याड पनि ढिलो राखेकाले रोपाइँको समय पछाडि धकेलिएको बताए । मौसमविद्हरूले मनसुन सक्रिय हुन केही ढिलाइ हुने पूर्वानुमान गरेपछि किसानले पनि सोहीअनुसार बिउ राखेका कारण रोपाइँको तालिका प्रभावित भएको उनको भनाइ छ । ‘मौसम प्रणाली सक्रिय भई राम्रो वर्षा सुरु हुनासाथ रोपाइँको गति तीव्र हुन्छ,’ पण्डितले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा केही ढिलो भए पनि असारको दोस्रो आधादेखि रोपाइँ उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरेका छौं ।’

रुपन्देहीको तिलोत्तमा–१५ पत्थरडाँडाका किसान दुवा चौधरीले जेठको पहिलो सातामै धानको ब्याड राखे पनि खेतमा पानी नहुँदा रोपाइँ गर्न नसकेको बताए । लामो समयसम्म बिउ ब्याडमै बस्दा उत्पादनमा असर पर्ने चिन्ता उनले व्यक्त गरे । ‘दुई–चार दिन राम्रो पानी परिदिए अहिले नै रोपाइँ गर्न सकिन्थ्यो,’ उनले भने, ‘बिउ धेरै छिप्पियो भने उत्पादन घट्ने डर छ ।’ उनले खेतीको मुख्य समयमा किसानले हरेक वर्ष मल अभाव, सिँचाइ समस्या र बढ्दो कृषि लागतको दोहोरो मार खेप्नुपरेको गुनासो गरे । ट्याक्टरको भाडासमेत बढेकाले खेतीको लागत थप महँगिएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशमा कुल ६ लाख ७९ हजार ६ सय १३ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब तीन लाख एक हजार हेक्टरमा धान खेती हुँदै आएको छ । कृषि अधिकारीहरूका अनुसार आगामी केही दिनभित्र मनसुन सक्रिय भई पर्याप्त वर्षा भए रोपाइँको गति उल्लेखनीय रूपमा बढ्नेछ । तर वर्षा थप ढिलो भए यसले उत्पादनमा समेत प्रत्यक्ष असर पार्ने चिन्ता बढ्दै गएको छ । वर्षा नहुँदा लुम्बिनीमा धान रोपाइँ सुस्त, मध्य असारअघि १३ प्रतिशत मात्रै
बुटवल, असार १२ — पर्याप्त वर्षा नहुँदा लुम्बिनी प्रदेशमा यस वर्ष धान रोपाइँ अपेक्षाभन्दा निकै सुस्त देखिएको छ । विगतका वर्षमा मध्य असारसम्म करिब आधा क्षेत्रफलमा धान रोपाइँ सम्पन्न हुने गरे पनि यस वर्ष अहिलेसम्म करिब १३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको छ । किसान वर्षाको प्रतीक्षामा बस्न बाध्य भएका छन् भने प्रदेश सरकार पनि मौसम सक्रिय हुने अपेक्षामा छ ।

लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशभर धान खेती हुने तीन लाख एक हजार तीन सय ७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३९ हजार एक सय २७ दशमलव ८१ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो कुल धान खेती हुने क्षेत्रफलको १२.९८ प्रतिशत मात्रै हो । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै धान खेती हुने कपिलवस्तु र बाँकेमा भने हालसम्म रोपाइँको उल्लेखनीय प्रगति हुन सकेको छैन । मन्त्रालयले केही दिनअघि संकलन गरेको तथ्यांकअनुसार यी दुई जिल्लाबाट रोपाइँ भएको विवरण प्राप्त भएको छैन । मन्त्रालयका सूचना अधिकारी हरिप्रसाद पण्डितका अनुसार यी जिल्लामा परम्परागत रूपमा पनि रोपाइँ केही ढिलो हुने गर्छ र अधिकांश किसानले साउनको पहिलो वा दोस्रो सातातिर मात्रै रोपाइँ सम्पन्न गर्ने गरेका छन् ।

यस वर्ष प्रदेशमा सबैभन्दा बढी प्रगति रुपन्देहीमा देखिएको छ । ६३ हजार ५५० हेक्टरमा धान खेती हुने रुपन्देहीमा १२ हजार एक सय १० हेक्टरमा रोपाइँ भइसकेको छ, जुन करिब २० प्रतिशत हो । बर्दियामा ५० हजार एक सय ५० हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये नौ हजार चार सय ६३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । नवलपरासी (पश्चिम) मा आठ हजारभन्दा बढी हेक्टरमा रोपाइँ भएको छ भने प्युठानमा करिब पाँच हजार तीन सय ५० हेक्टरमा धान रोपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

दाङमा दुई हजार एक सय ७२ हेक्टर, रोल्पामा एक हजार ७६ हेक्टर, अर्घाखाँचीमा तीन सय ४२ हेक्टर, पाल्पामा एक सय नौ हेक्टर, गुल्मीमा ९८ हेक्टर र रुकुम पूर्वमा ५३ दशमलव १ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
मन्त्रालयका अनुसार सिँचाइ सुविधा पुगेका क्षेत्रमा रोपाइँ चलिरहेको भए पनि आकाशे पानीमा निर्भर अधिकांश खेत अझै बाँझै छन् । पर्याप्त वर्षा नहुँदा किसानले खेतमा पानी जमाउन नसकेकाले रोपाइँ अघि बढ्न सकेको छैन । सूचना अधिकारी पण्डितले यस वर्ष धेरै किसानले धानको ब्याड पनि ढिलो राखेकाले रोपाइँको समय पछाडि धकेलिएको बताए । मौसमविद्हरूले मनसुन सक्रिय हुन केही ढिलाइ हुने पूर्वानुमान गरेपछि किसानले पनि सोहीअनुसार बिउ राखेका कारण रोपाइँको तालिका प्रभावित भएको उनको भनाइ छ । ‘मौसम प्रणाली सक्रिय भई राम्रो वर्षा सुरु हुनासाथ रोपाइँको गति तीव्र हुन्छ,’ पण्डितले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा केही ढिलो भए पनि असारको दोस्रो आधादेखि रोपाइँ उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरेका छौं ।’

रुपन्देहीको तिलोत्तमा–१५ पत्थरडाँडाका किसान दुवा चौधरीले जेठको पहिलो सातामै धानको ब्याड राखे पनि खेतमा पानी नहुँदा रोपाइँ गर्न नसकेको बताए । लामो समयसम्म बिउ ब्याडमै बस्दा उत्पादनमा असर पर्ने चिन्ता उनले व्यक्त गरे । लुम्बिनी प्रदेशमा कुल ६ लाख ७९ हजार ६ सय १३ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब तीन लाख एक हजार हेक्टरमा धान खेती हुँदै आएको छ । कृषि अधिकारीहरूका अनुसार आगामी केही दिनभित्र मनसुन सक्रिय भई पर्याप्त वर्षा भए रोपाइँको गति उल्लेखनीय रूपमा बढ्नेछ । तर वर्षा थप ढिलो भए यसले उत्पादनमा समेत प्रत्यक्ष असर पार्ने चिन्ता बढ्दै गएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।