२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

यातायात व्यवस्था कार्यालय नेपालगन्ज एक सातासम्म अत्यावश्यकबाहेक अन्य सेवा अवरुद्ध

नेपालगन्ज, साउन ५  यातायात व्यवस्था कार्यालय, बाँकेले डाटाबेस माइग्रेसन तथा नयाँ दररेट प्रणाली प्रविष्टि (इन्ट्री) र मिलानको काम भइरहेकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई एक सातापछि मात्रै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित बनाउने उद्देश्यले डाटाबेस माइग्रेसन तथा प्रदेश सरकारले तोकेको नयाँ करका दररेट प्रविष्टि र मिलानको काम भइरहेको जनाएको छ ।

सो प्रक्रिया पूरा हुन करिब एक सातासम्म लाग्ने भएकाले अत्यावश्यक काम बाहेकका सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको हो । कार्यालयका अनुसार प्रणाली अद्यावधिक गर्ने क्रममा सेवा प्रवाह प्रभावित हुन सक्ने भएकाले अनावश्यक भीड कम गर्न यस्तो आग्रह गरिएको हो । यस अवधिमा सवारी दर्ता, नवीकरण, नामसारी, चालक अनुमतिपत्र तथा अन्य यातायातसम्बन्धी सेवामा केही असहजता हुन सक्ने जनाइएको छ । सेवाग्राहीलाई अत्यावश्यक काम नभए केही दिन प्रतीक्षा गरी सेवा लिन आउन आग्रह गरिएको छ ।

यातायात व्यवस्था कार्यालय, बाँकेका निमित्त कार्यालय प्रमुख टंकनाथ खनालद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रवाहमा परेको असुविधाप्रति क्षमायाचना समेत गरिएको छ । साथै, यही विषयमा यातायात व्यवस्था विभाग, मिनभवन, काठमाडौंले पनि साउन ४ गते सार्वजनिक अनुरोध जारी गरिसकेको उल्लेख गर्दै सोही अनुरूप सेवाग्राहीलाई जानकारी गराइएको जनाइएको छ । कार्यालयले प्रणाली अद्यावधिकपछि सेवा प्रवाह अझ छिटो, सहज र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ । सेवाग्राहीलाई आवश्यक जानकारीका लागि कार्यालयको आधिकारिक माध्यमबाट प्रकाशित सूचनालाई आधार मानी कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।