२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

बालविवाह सामाजिक अपराध होः मन्त्री तिमिल्सिना

राजापुर, असार १४  स्थानीय तहमा बालविवाह अन्त्य गर्ने उद्देश्यले सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा अभिमुखीकरण कार्यक्रम राजापुरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषिराम शर्माले गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यसैगरी इलाका प्रहरी कार्यालयका डीएसपी ओमप्रकाश चौधरी, प्राध्यापक छप्पुराम चौधरी, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति अमृत थारुलगायत सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री तिमिल्सिनाले बालविवाह सामाजिक अपराध मात्र नभई बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास तथा भविष्यमा गम्भीर असर पार्ने कुरीति भएको बताए । उनले बालविवाह अन्त्यका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गरे । स्थानीय सरकार, विद्यालय, अभिभावक र सुरक्षा निकायबीच समन्वयात्मक प्रयासबाट मात्र बालविवाह न्यूनीकरण सम्भव हुने उनको भनाइ थियो ।

अध्यक्ष ऋषिराम शर्माले बालविवाह अन्त्यका लागि स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको बताउँदै समुदायमा सचेतना फैलाउने, जोखिममा रहेका बालबालिकाको पहिचान गर्ने तथा सम्बन्धित निकायबीच सहकार्य बढाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा सहभागी वक्ताहरूले बालविवाहका कानुनी, सामाजिक, आर्थिक तथा स्वास्थ्यसम्बन्धी प्रभावबारे प्रस्तुति दिएका थिए । उनीहरूले बालबालिकाको अधिकार संरक्षण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता तथा सुरक्षित भविष्य सुनिश्चित गर्न बालविवाह अन्त्य अनिवार्य रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरूले स्थानीय तह, विद्यालय, सुरक्षा निकाय, नागरिक समाज तथा समुदायबीच सहकार्यलाई थप प्रभावकारी बनाउँदै बालविवाहमुक्त समाज निर्माणका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आयोजकका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बालअधिकार संरक्षण र बालविवाह न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।