२०८३ कार्तिक १ शनिबार
२०८३ कार्तिक १ शनिबार

बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण

नेपालगञ्ज । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले बुधबार नेपालगञ्जस्थित बीपी चोकमा माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ । बीपीको शालिकमा माल्यार्पण गरी स्मरण गरिएको छ ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान सभापति किरण कोइराला लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सचिव सुधांशु कोइरालाले जानकारी दिए ।

कार्यक्रममा सहभागी नेताहरूले बीपी कोइरालाको योगदान, विचार र लोकतान्त्रिक समाजवादको अवधारणालाई स्मरण गर्दै उनले देखाएको राजनीतिक तथा लोकतान्त्रिक मार्गलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए ।

बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेसले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।