बाँके, कात्तिक २८ नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर एनपीएलको दोस्रो संस्करणका लागि आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् ।
कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलहरूबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी छनोट गरिएको हो । आईकोनिकको रुपमा छनोट भएका विकेटकिपर ब्याटर समीर अली मिडर अर्डरमा ब्याटिङ गर्छन् । उनले लुम्बिनी प्रदेशबाट यू–१८ र यू–१६ प्रतियोगिता समेत खेलेका छन् ।
यस्तै आशुतोष पाण्डे र दिनेश बोहरा लुम्बिनी लायन्सको ’हिरो’ खेलाडीको रुपमा छनोट भएका छन् । अब समीर अली लुम्बिनी लायन्सको मुख्य स्क्वाडमा समावेश हुनेछन् भने आशुतोष र दिनेश पनि टिमसँगै रहनेछन्
ट्यालेन्ट हन्टमा करिब एक सय खेलाडी सहभागि रहेको र त्यसमा अभ्यास खेलहरु खेलाएर आइकोनिक प्लेअर छनोट गरिएको लुम्बिनी लायन्सका कन्सलट्यान्ट प्रशिक्षक शक्ति गौचनले जानकारी दिए ।
’हामी ट्यालेन्ट हन्टका लागि एक सय जना जति खेलाडी छानेर केही अभ्यास म्याचहरु खेलायौँ । त्यसबाट उत्कृष्ट खेलाडि आइकोनिक प्लेअरको रुपमा छनोट गरेका छौं । उनीहरु नयाँ छन् तर धेरै सम्भावना छ । आशा छ भविष्यमा राम्रो गर्नेछन्,’ गौचनले भने ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल कप्तान रहेको लुम्बिनी लायन्सले यस पटक भैरहवाको एक्सट्राटेक ओभलमा प्रशिक्षक गर्दै तयारी तिव्र बनाएको छ । एनपीएल दोस्रो संस्करण टीयू मैदानमा फ्लडलाइटमा हुने भएकोले लुम्बिनी लायन्स टिमले एक्स्ट्राटेकमा फ्लटलाइटमा प्रशिक्षक गरेको थियो । त्यसले खेलमा फाइदा पुग्ने टिमको विश्वास छ ।
लुम्बिनीले विदेशी खेलाडीमा अष्ट्रेलियाका डार्शी सर्ट, अफगानिस्तानका गुल्बादिन नहब र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरेको छ भने बाँकी विदेशी खेलाडी चाँडै सार्वजनिक गरिनेछ ।
लुम्बिनी लायन्सको टोली :
रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, डार्शी सर्ट,थोमस ड्राका, गुल्बादिन नहब, समीर अल











