२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

युनाइटेड एजुकेसनल एकेडेमी विद्यार्थीलाई स्वागत

नेपालगन्ज, मंसिर ५  नेपालगन्जको शैक्षिक माहोलमा युनाइटेड एजुकेसनल एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । विज्ञान, म्यानेजमेन्ट, शिक्षा तथा कानुन संकायका बिद्यार्थीहरुलाई बिहीबार एकै मञ्चमा राखेर कक्षा १२ का विद्यार्थीबाट स्वागत गरिएको हो ।

कक्षा १२ का क्याप्टेन रवीन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रमले नयाँ विद्यार्थीलाई स्वागत गर्दै भावी शैक्षिक जीवनको शुभकामना समेत प्रदान गर्‍यो । राष्ट्रिय परीक्षा बोर्डका प्रमुख लक्ष्मी प्रसाद अधिकारीले अनुशासनमा बसेर अघि बढे लक्ष्य हासिल गर्न सकिने बताए । उनले भने, ‘आजको आवश्यकता लगनशील र अनुशासित जीवनशैली हो ।’ उनले माध्यमिक तह १२ कक्षासम्म अनिवार्य उत्तीर्ण हुनुपर्ने वर्तमान संरचना औँल्याउँदै भने, ‘अब १२ कक्षा पास हुनु भविष्यको प्रारम्भिक चरण हो । त्यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ ।’

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत डिल्ली आचार्यले युवाको भविष्य परिश्रमले निर्माण हुने तरिकालाई सरल शैलीमा व्याख्या गरे । उनको भनाइ थियो, ‘मिहिनेत गर्ने संस्कृतिले मात्र सफलता बन्छ । पढाइलाई बोझ होइन, अवसरको रूपमा लिनुपर्छ ।’

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पछिल्लो समय बिद्यार्थीमा पढ्ने बानी कम हुँदै गएको चिन्ता व्यक्त गरे । उनले भने, ‘सफलताको मार्ग सधैं मिहिनेतकै बाटो हुँदै जान्छ। मिहिनेत बिना लक्ष्य भेटिँदैन ।’ कलेजका प्रबन्ध निर्देशक विकास बज्राचार्यले कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो उद्देश्य गुणस्तरीय शिक्षासँगै जिम्मेवार नागरिक उत्पादन हो,’ उनको भनाइ छ । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सहसचिव राजेन्द्र आचार्य, प्याब्सन नेपालगन्जका अध्यक्ष मानबहादुर थापा, बाँकेका कोषाध्यक्ष प्रबीन गिरी, विद्यालयका अध्यक्ष तरुण बज्राचार्य, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगीलगायतका उपस्थिति थिए । कार्यक्रम कलेजका सञ्चालक गणेश पाठकको स्वागत मन्तव्यपछि सुरु भएको थियो ।

शिक्षक गीता सुवेदीदेखि कक्षा १२ की विद्यार्थी स्नेहा कौशलले प्रेरणादायी अभिव्यक्ति दिँदै विद्यार्थी जीवनलाई अनुशासन र जिम्मेवारीसँग बाँध्न आग्रह गरे । कार्यक्रममा बिद्यार्थीहरुले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।