२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

बर्दियामा चरा गणना सोमबारदेखि

बर्दिया, पुस २७ जैविक विविधताको महत्वपूर्ण सूचक मानिने चराको अवस्थाबारे तथ्यांक संकलन गर्न बर्दियामा सोमबारदेखि चरा गणना सुरु हुने भएको छ । जिल्लाका प्रमुख सिमसार, वन तथा संरक्षित क्षेत्रहरूलाई केन्द्रमा राखेर दुई दिनसम्म व्यवस्थित रूपमा चरा गणना गरिनेछ ।बढैयाताल, बर्दिया राष्ट्रिय निकुञ्ज, निकुञ्जको मध्यवर्ती क्षेत्र, सामुदायिक वन र अन्य चरा बढी देखिने स्थानहरूमा गणना हुने बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । शनिबार बिहान निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चरा गणना गर्ने निर्णय गरेको हो ।

संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार गणनाका लागि ३० जना संरक्षणकर्मी परिचालन गरिनेछ । ‘चराको संख्या, प्रजाति र बासस्थानको अवस्थाबारे अद्यावधिक जानकारी लिन गणना महत्वपूर्ण छ,’ उनले भने, ‘यसले संरक्षण रणनीति बनाउन सहयोग पुग्छ ।’गणना कार्य बर्दिया राष्ट्रिय निकुञ्जको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोष,  होटल गाइड एसोसिएसन , नेचर गाइड तथा अन्य सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालन गरिनेछ । अनुभवी प्रकृति मार्गदर्शक र संरक्षण कर्मीको सहभागिताले गणनालाई विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।नेपाल पन्छी विज्ञ संघका अध्यक्ष तथा जल पन्छी गणनाका बाँके–बर्दिया संयोजक रामबहादुर शाहीका अनुसार गत वर्ष बर्दियामा विभिन्न प्रजातिका ५ सय ३५ वटा चरा गणना भएका थिए ।

‘हरेक वर्षको गणनाले चराको संख्यामा आएको परिवर्तन, मौसम र मानवीय गतिविधिको प्रभाव बुझ्न मद्दत गर्छ,’ उनले बताए ।
विशेषगरी सिमसार क्षेत्र, नदी, ताल तथा वन क्षेत्र चराका प्रमुख बासस्थान भएकाले ती स्थानमा केन्द्रित भएर गणना गरिनेछ । चरा गणनाबाट प्राप्त तथ्यांकले दीर्घकालीन संरक्षण योजना, पर्यटन प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।