२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

नरैनापुर फागुन १४   नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारीको बैजापुर कुम्मरदेखि नरैनापुर जोड्ने बाटो तत्काल निर्माण प्रक्रिया अगाडि बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त बाटो निर्माणका लागि बजेट विनियोजन भइसकेपनि निर्माण कार्य हुन सकिरहेको छैन । जसका कारण स्थानीयले सास्ती खेप्दै आउनु परेको छ ।

‘बाटो निर्माणका लागि बजेट विनियोजन भइसकेपनि निर्माण प्रक्रियाले गति नलिनु राम्रो होइन गौडेलले भने–‘काँग्रेस बाँकेको सभापतिको नाताले पनि यसमा मेरो सम्वन्धित सरोकारवालामाथि दवाव र खवरदारी रहन्छ ।’ उम्मेदवार गौडेलले राप्तीसोनारी गाउँपालिका वडा नं.७ को प्रिपहवा, देउपुरा र डुडुवा गाउँपालिकाको होलिया जोड्ने राप्ती नदीमा तत्काल झोलुंगे पुल निर्माण गरिने बताउँदै सोही स्थानमा दीर्घकालीन रुपमा पक्की पुल निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उल्लेख गरेका छन् । गौडेलले राप्तीनदीबाट पूर्व तर्फ नरैनापुरसम्म जाने सिंचाइँ नहरको लागि थप बजेट व्यवस्थापन गरी त्यसलाई पूर्णता दिन पनि आफुले पहल गर्ने बताएका छन् ।

राप्तीसोनारी र नरैनापुर कृषिको उर्वरभूमि रहेको क्षेत्र भएकाले मल विउविजन तथा सिंचाइँको व्यवस्थापनका लागि आफुले पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि उनले बताए । गौडेलले भने–‘सिक्टा सिंचाइँ आयोजनाको निर्माणाधीन पूर्वी नहरका लागि आवश्यक बजेट बिनियोजन गरी नरैनापुरको सुइँयासम्म सिंचाइँ पुर्याउन म अहोरात्र खटिने छु ।’ गौडेलले कृषकको बजार पहुँच पुर्याउन राप्तीसोनारीमा २ वटा, नरैनापुरमा १ वटा कृषि उपज बजार संकलन केन्द्र स्थापना गरिने बताए । उम्मेदवार गौडेल विहीबार विहानपनि नरैनापुरका विभिन्न वस्तीको घरदैलोमा व्यस्त छन् । गौडेलले विहान नरैनापुर गाउँपालिका वडा नं.५ जमुनाह, दुलासपूर्वा, महादेवनगर, मोतीयापु, मटेहियालगायतका वस्तीको क्षेत्रमा घरदैलो गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।