२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

नरैनापुरमा आगलागी, १५ घर जले

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं.३ स्थित गेग्ली गाउँमा आज बिहान आगलागी हुँदा १५ वटा फुसको छानो भएका कच्ची घर तथा गोठ जलेका छन् । आज बिहान ४ :५० बजेतिर आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षक गणेशराज उप्रेतीको कमाण्डमा ३० जना र सशस्त्र प्रहरी बलको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासमा करिब ५ घण्टापछि बिहान साढे ९ बजे आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।