२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

सुर्खेतमा थुनुवाको मृत्यु प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन

वीरेन्द्रनगर कात्तिक २३ ,   सुर्खेतमा थुनुवा मृत्युको घटनामा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।समितिमा वडा नम्बर ११ का अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जालबाट पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघकी सदस्य एवं कर्णाली प्रदेश सचिव मालती विक र मृतक परिवारका तर्फबाट गीता सुनार सदस्य छन् ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा भएका लागूऔषध कारोबार मुद्दाका थुनुवाको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –११, पिपिराका २६ वर्षीय गंगे सुनार रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार मृतक शुक्रबार बिहान ५ः५८ बजेको समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए । उनीसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए । उनले भने, ’तत्कालै लागि प्रदेश अस्पताल पुर्‍याएका थियौँ । चिकित्सकले मृत घोषणा गर्नुभयो ।’

उनी ७८ दिनदेखि हिरासतमा रहेको डीएसपी बुढथापाले बताए । उनका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज (शुक्रबार) उनको मुद्दामा पेसी थियो । थुनुवाको मृत्युपछि हिरासतमा जडान गरिएको सीसीटीभी फुटेज हेरिएको प्रहरीले जनाएको छ ।
सुर्खेत प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार मृतक अहिलेसम्मको लागूऔषध सेवनकर्ता हुन् । प्रहरीले कारोबार गर्दा फेला पारेको थियो । उनले भने, ’उनीहरू ३ जना थिए । बस्नेहोर्ने सबै सँगै थियो । तीन चार दिनअघि अदालतमा पेस गरेको हो । अदालतले निर्णय गरेको भए कारागारमा हुन सक्थ्यो । ’ मृतकको अवस्था सामान्य भएको र केही नभएको उनले बताए । सामान्य रुघा थियो ।

उनले भने ,’साथीहरुसँग घुलमिल गरेको हिरासतमा राम्रो बसेका थिए । दायाँ बायाँ सबैतिर सोध्यौं, सीसीटीभी फुटेज पनि छ । हिजो हाँसखेल गरेर सुतेको हो । बिहान उठ्दा सँगै सुतेको साथीले दाइ उठ्नु भनेर बोलाउँदा, चार पाँच वटा सेलमध्ये ५ नम्बरको रेखदेख गर्ने खालको पनि थियो । त्यसमा चलेन, त्यसपछि अर्को साथीलाई पनि उठायौँ । त्यसपछि शंका लागेर कराएको रहेछ । प्रहरीलाई बोलायौँ, तुरुन्त गएर हेर्दा अचेत छ । तुरुन्तै हस्पिटल लग्यौं, तर मृत्यु भइसकेको रहेछ । ’ राति केही घटना पो भयो कि भनेर सीसीटीभी फुटेज पनि हेरेको तर गफ पनि गरेका तर केही नभएको उनले बताए । सीसीटीभी फुटेज पनि क्लिएर छन् भएको र सबैसँग सोधपुछ गर्दा पनि केही नदेखिएको प्रहरी प्रमुख शाहीले बताए ।

यता मृतकका आफन्तले शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाहिर घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । छानबिन समिति गठन पछि आन्दोलन तत्काललाई रोकिएको छ ।

जिल्ला प्रहरी प्रमुख शाहीले मृतकको पोस्टमर्टमको लागि नेपालगन्जबाट शनिबार डाक्टर बोलाइएको बताए । कर्णालीमा मृतको पोस्टमर्टमको लागि विशेषज्ञ डाक्टर नभएकोले फरेन्सिक विभागकै डाक्टरलाई पोस्टमर्टमको लागि बोलाइएको उनले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।