२०८३ कार्तिक १८ मंगलवार
२०८३ कार्तिक १८ मंगलवार

भेरी अस्पतालमा फोक्सो र निद्रारोगको विशेषज्ञ सेवा सुरु


नेपालगन्ज । फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोग, सघन उपचार र निद्रासम्बन्धी समस्याको पहिचान तथा उपचारका लागि भेरी अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ। अस्पतालले मंगलबार (कार्तिक १७) देखि डा. रञ्जित पाण्डेमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो।

नयाँ सेवा सुरु भएसँगै भेरी अस्पतालमा आज मिति २०८३ कार्तिक १७ गतेदेखि डा. रञ्जित पाण्डेद्वारा फोक्सो तथा श्वासप्रश्वास रोग (Pulmonology), सघन उपचार सेवा (Critical Care) तथा निद्रा रोग (Sleep Medicine) सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा आएको छ।

अस्पतालको ओपीडी–७ (ए) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ।

विशेषज्ञ सेवाको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे तथा नर्सिङ प्रमुख पदमा देवी देवकोटालगायतको टोलीले संयुक्त रूपमा उद्घाटन गरेको हो।

भेरी अस्पतालले विशेषज्ञ सेवाको विस्तारसँगै फोक्सो तथा श्वासप्रश्वास रोग, क्रिटिकल केयर र निद्रा रोगको उपचारका लागि अन्यत्र जानुपर्ने बिरामीको बाध्यता कम हुने अपेक्षा गरेको छ। अस्पतालले सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ सेवा विस्तारलाई निरन्तरता दिएको जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।