२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

सल्यान, वैशाख २५ गते ।  सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा शुक्रबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार फारुलाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर शुक्रबार दिउँसो करिब १ः३० बजे भित्री सडक खण्डबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ निवासी १७ वर्षीय प्रदीप विक गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्काल उपचारका लागि थुम्के सल्ली स्वास्थ्यचौकी दार्मामा लगिएको भए पनि स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सोही स्थानका १७ वर्षीय टेकबहादुर विक सामान्य घाइते हुनुभएको छ । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको र स्वास्थ्यचौकीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, २२ वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी सहायक निरीक्षक बुद्धी साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । साथै जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा थप प्रहरी टोली खटिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।