२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

मन्त्रिपरिषद् बैठकबाट बजेट वक्तव्य स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट वक्तव्य स्वीकृत गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटको मस्यौदालाई स्वीकृत गरेको हो।

मन्त्रिपरिषद्‍बाट पारित भएसँगै अब यो बजेटले कानुनी र संवैधानिक वैधता प्राप्त गरेको छ। अर्थमन्त्री डा. वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

उनी बजेटको अन्तिम प्रति र आवश्यक दस्ताबेजसहित अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा सहभागी हुन सिंहदरबार पुगेका थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।