२०८३ श्रावण १४ बिहीबार
२०८३ श्रावण १४ बिहीबार

कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

बाँके,साउन १३।    जिल्ला बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए।
प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।