२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

एनपीएलमा सट्टाबाजी गराउन खोज्ने बर्दियाका ठकुरी पक्राउ

बाँके, मंसिर ५  कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया नगरपालिका–७ का २४ वर्षीया रेविकासिंह ठकुरी रहेका छन् । ठकुरी भारतको चण्डीगढ बस्ने गरेको अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ ।

एनपीएल दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई प्रायोजन गर्छौं भनी सामाजिक सञ्जाल ह्वाट्सएप र इन्ट्राग्राममार्फत सम्पर्क गरी सट्टाबाजी गराउन खोज्ने उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनीहरुलाई हिजो सार्वजनिक गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौको जिम्मा लगाइएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।