२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

जेन्जी युवालाई पुनको अपिलः जेन्जीको मर्मलाई सम्बोधन गर्ने पार्टी कांग्रेस हो

नेपालगन्ज, माघ २४ नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेन्जी युवाको सपना पुरा गर्ने पार्टी नेपाली कांगे्रस भएको बताउनु भएको छ ।फागनु २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले जेन्जी युवाको वास्तविक मागलाई कांग्रेसले पुरा गर्ने बताउनु भयो ।
लुम्बिनी प्रदेश सभापति पुनले जेन्जी युवाले देखेको सपनालाई साकार पार्ने पार्टी नेपाली कांग्रेस भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, युवा साथीहरुलाई म आग्रह गर्छु । समग्र पार्टी हेर्नुहोस । तपाईहरुले उठाएका मुद्दाको फाइदा अरुले नै लिन खोजिरहेका छन् । जसले युवाहरुको सपना नै देखेको छैनन् । देश निर्माणको योजना नै छैन, त्यो पार्टीले जेन्जी आन्दोलनको फाइदा लिन खोजेको छ । त्यसकारण म युवा जेन्जी भाईहरुलाई आग्रह गर्न चाहन्छु । गलत ठाउँमा गलत चिज गयो भने त्यसको नतिजा पनि गलत नै हुन्छ ।’
सबै जाती, धर्म, वर्ग र समुदायलाई समेटन सक्ने पार्टी कांग्रेस भएको उहाँले बताउनु भयो । पुनले भन्नु भयो, सबै धर्म, जाती र वर्गलाई कांग्रेसले नेता बनाएको छ । यो देशको बलियो परिस्थिती निर्माण गर्नको लागि समग्र जाती र धर्मलाई समेटनको लागि पनि कांग्रेस चाहिन्छ ।’

बाँके क्षेत्र नम्बर ३ का युवाहरुलाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सहयोग गर्न पुनले अपिल गर्नु भएको छ । उहाँले भन्नु भयो,कांग्रेस समाजको वास्तविक समस्यालाई सम्बोधन गर्न सक्ने पार्टी हो । त्यसैले आगामी निर्वाचनमा कांग्रेसलाई जित दिलाउन आवश्यक रहेको छ ।’
जेन्जी युवाले देशमा सुशासन, अनियमितता र समृद्धिको लागि गरेको आन्दोलनको मर्मलाई बुझेर नेपाली कांग्रेस अगाडी बढिरहेको पुनले बताउनु भयो । नयाँ नीति र युवा नेतृत्वमा रहेको कांग्रेसले देशको समृद्धिको लागि काम गर्न सक्ने उहाँको भनाई रहेको थियो ।

आसन्न निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेवार बन्नु भएका पुनले जेन्जीसँग खुला संवाद गरेर कांग्रेसले देश विकासको लागि नयाँ कार्यदिशा बनाएर अगाडी बढने प्रतिवद्धता जनाउनु भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।