२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

रूपन्देहीमा निर्वाचन तयारी पूरा हुँदै

रूपन्देहीमा ४ हजार ४ सय भन्दा धेरै कर्मचारी निर्वाचनका लागि खटाइएका छन् । मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीबाहेक आवश्यकता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा गस्ती गर्नेछ ।

रूपन्देही, फागुन १७   आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देहीमा तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक जनशक्ति, सामग्री र सुरक्षा व्यवस्थापन लगभग सम्पन्न भइसकेको जिल्ला प्रशासनले जनाएको छ । रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेत का अनुसार निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी, सुरक्षाकर्मी, मतपत्रलगायत सम्पूर्ण निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको छ । निर्वाचन सामग्रीहरू मतदानस्थलमा पुर्‍याइसकिएको छ, अब मतदानका दिन आवश्यक सामग्री बुझाउने काम मात्रै बाँकी छ,’ उनले बताए । उनका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीलाई स्थानीय तह र सरोकारवालासँग समन्वय गर्दै आवश्यक सहजीकरण गरिएको छ ।

जिल्लामा ४ हजार ४ सयभन्दा बढी कर्मचारी निर्वाचन कार्यमा खटाइएका छन् । मतदान केन्द्रमा नियमित रूपमा सुरक्षाकर्मी परिचालन गरिनुका साथै आवश्यकता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी को संयुक्त टोलीले सुरक्षा गस्ती गर्ने व्यवस्था मिलाइएको छ । रूपन्देहीका लागि थप सुरक्षा जनशक्ति समेत जिल्लामा आइसकेको प्रशासनले जनाएको छ ।मुख्य निर्वाचन अधिकृत बस्नेतले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको र निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन भइरहेको दाबी गरे। आचारसंहिता उल्लंघनसम्बन्धी सूचना प्राप्त हुनासाथ सम्बन्धित स्थानमा पुगेर तत्काल समाधान गर्ने गरिएको उनले बताए ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा कोष लेखा नियन्त्रक विष्णुप्रसाद खनाल का अनुसार रूपन्देहीमा १ सय ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये हालसम्म ४६ जनाले मात्र चुनावी खर्च व्यवस्थापनका लागि बैंक खाता खोलेका छन् । उनले उम्मेदवारहरूलाई अनिवार्य रूपमा बैंक खाता सञ्चालन गरी पारदर्शी रूपमा खर्च विवरण राख्न आग्रह गरेका छन् ।समग्र तयारी सन्तोषजनक रहेको जनाउँदै प्रशासनले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपिल गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।