२०८३ कार्तिक १८ मंगलवार
२०८३ कार्तिक १८ मंगलवार

बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते


लमही । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दुई युवती गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ भगवानपुर निवासी ३१ वर्षीय प्रविन चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भालुवाङ पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–३ मसुरिया निवासी १६ वर्षीया निशु चौधरी र सोही ठाउँकी अन्दाजी १९ वर्षीया करिना चौधरी घाइते भएका छन् । दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई भालुवाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ बाघढड्डीमा आज बिहान करिब १ः३० बजे दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र-३–०२०१० प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि ट्रक चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–११ निवासी ३४ वर्षीय राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय भालुवाङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।