२०८३ कार्तिक १८ मंगलवार
२०८३ कार्तिक १८ मंगलवार

कोहलपुरमै सघन उपचार सेवा विस्तार, आईसीयू र एनआईसीयू सञ्चालन


कोहलपुर, कात्तिक १६।   जटिल स्वास्थ्य समस्या देखिएका बिरामीलाई उपचारका लागि नेपालगन्जलगायत अन्य सहरमा लैजानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले कोहलपुरस्थित आरएम अस्पतालले सघन उपचार सेवा विस्तार गरेको छ । अस्पतालले आईसीयू, एनआईसीयू र एचडीयू सेवा सञ्चालनमा ल्याएसँगै गम्भीर अवस्थाका बिरामीको उपचारका लागि थप सुविधा उपलब्ध भएको छ ।

अस्पतालले सात शय्याको आईसीयू, पाँच शय्याको एनआईसीयू र सात शय्याको एचडीयू सेवा सञ्चालनमा ल्याएको हो । २५ शय्याको अस्पतालले सघन उपचार कक्ष थप गर्दै विशेषज्ञ स्वास्थ्य सेवासमेत विस्तार गरेको जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक डा. गोविन्दप्रसाद थारुका अनुसार बिरामीलाई आवश्यक पर्ने विभिन्न स्वास्थ्य सेवा एउटै अस्पतालबाट उपलब्ध गराउने लक्ष्यसहित सेवा विस्तार गरिएको हो । उनले आईसीयू र एनआईसीयू आवश्यक पर्ने बिरामीलाई अस्पतालमै उपचारको व्यवस्था मिलाइएको बताए ।

उनका अनुसार नयाँ सेवा सञ्चालनमा आएसँगै गम्भीर अवस्थाका बिरामी तथा विशेष निगरानीमा उपचार गर्नुपर्ने नवजात शिशुलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ । विशेषगरी सघन उपचार आवश्यक पर्ने बिरामीका लागि आईसीयू, मध्यमस्तरको निगरानी र उपचार आवश्यक पर्ने बिरामीका लागि एचडीयू तथा नवजात शिशुको विशेष उपचारका लागि एनआईसीयू सेवा महत्त्वपूर्ण मानिन्छन् ।

अस्पतालले चौबिसै घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ । जनरल सर्जरी तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा पनि सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । त्यस्तै, अस्पतालबाट जनरल फिजिसियन, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान तथा घाँटी, बालरोग, छाला तथा यौनरोग, मानसिक रोग र युरोलोजीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालमा भिडियो एक्सरे सेवासमेत सञ्चालनमा रहेको छ ।

सघन उपचार सेवासहित विशेषज्ञ उपचार सुविधाको विस्तारले कोहलपुर र आसपासका क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारमा सहज हुने अस्पतालको विश्वास छ । नयाँ सेवामार्फत स्थानीयस्तरमै गुणस्तरीय उपचारको पहुँच बढाउने लक्ष्य राखिएको डा. थारुले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।