२०८३ कार्तिक १८ मंगलवार
२०८३ कार्तिक १८ मंगलवार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु


जिल्ला सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका –०४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मिति १७ गते बिहान करिब ०८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा फिस्टेल एयरमा चालक दलसहित तीन जना सवार रहेका थिए । मृत्यु हुनेमा भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ ।
घाइते हुनेहरूमा:
• न्युजिल्यान्ड घर भएका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल,
• फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,
• डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. रहेका छन् ।
घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ । त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. को लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।