दाङ । दाङको राप्ती गाउँपालिका–३ बाघढड्डीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सोमबार बिहान लमही–भालुवाङ सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका–६ भगवानपुरका ३१ वर्षीय प्रवीण चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि भालुवाङ अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–३ मसुरियाका १६ वर्षीय निशु चौधरी र १९ वर्षीया करिना चौधरी घाइते भएका छन्। उनीहरू दुवैको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।


















