२०८३ कार्तिक १८ मंगलवार
२०८३ कार्तिक १८ मंगलवार

राप्तीसोनारीमा मङ्सिर ७ देखि तीनदिने ऐतिहासिक डिग्रे मेला


नेपालगन्ज,कात्तिक १६ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२, टिकुलिपुरस्थित श्री सिद्ध साइकुमारी मन्दिरमा आगामी मङ्सिर ७ गतेदेखि तीनदिने ऐतिहासिक डिग्रे मेला सञ्चालन हुने भएको छ ।

मेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यले श्री सिद्ध साइकुमारी मन्दिर व्यवस्थापन तथा मेला सञ्चालन समितिले प्रचारप्रसार सुरु गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष कमारो केसीको अध्यक्षतामा आइतबार बसेको बैठकले मङ्सिर ७ देखि ९ गतेसम्म सञ्चालन हुने मेलाको प्रचारप्रसार सामाजिक सञ्जाललगायत विभिन्न सञ्चार माध्यमबाट गर्ने निर्णय गरेको हो ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, भलिबल प्रतियोगिता र सामूहिक नृत्य प्रतियोगितालगायतका आकर्षण रहने आयोजकले जनाएको छ । सामूहिक नृत्य प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालय, युवा क्लब तथा विभिन्न स‌ंघसंस्थालाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।

धार्मिक आस्था, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा देशभरका भक्तजन, श्रद्धालु, व्यापारी तथा सर्वसाधारणलाई उपस्थितिका लागि समितिले निमन्त्रणा गरेको छ । आयोजकका अनुसार मेलालाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी तथा प्रचारप्रसारका गतिविधिलाई तीव्रता दिइनेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।