२०८३ कार्तिक १९ बुधबार
२०८३ कार्तिक १९ बुधबार

बझाङमा जिप दुर्घटना, दुई जनाको मृत्यु


बझाङ।   बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा जिपमा सवार अन्य यात्रु घाइते भएको आशंका गरिएको छ ।

बिहान ९ः१० बजे भएको दुर्घटनामा जिपमा १२ देखि १५ जनासम्म सवार रहेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएपछि प्रहरीले उद्धारका लागि टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अस्थायी प्रहरी पोस्ट बिजगडाबाट दुई, अस्थायी प्रहरी पोस्ट बागथलाबाट दुई र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तिमिल्सैनाको कमाण्डमा सात जना प्रहरी घटनास्थलतर्फ खटिएका छन् ।

दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब ३५ किलोमिटर पश्चिममा पर्छ । मृतकको पहिचान, घाइतेको अवस्था र दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।