काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुले अग्रिम टिकट लिन थालेपछि गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै बिहानैदेखि टिकट काउन्टरमा यात्रुको भीड लागेको हो।
दसैँका लागि घर जाने यात्रुहरू टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन्। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले अन्तिम समयमा टिकट नपाउने समस्या हुन सक्ने भन्दै उनीहरू अग्रिम टिकट बुकिङ गर्न जुटेका हुन्।
अग्रिम टिकट बुकिङ खुला भएसँगै बसपार्क क्षेत्रमा यात्रुको आवागमन बढेको छ। दसैँ मनाउन उपत्यकाबाट विभिन्न जिल्ला जाने यात्रुले समयमै टिकट लिएर आफ्नो यात्रा सुनिश्चित गर्न थालेका छन्।





















